सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी

साझा पोष्ट
बुधबार, भदौ २२ २०७९
  • images
    सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्ने क्यानको तयारी
    images
    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बन गर्ने तयायारी गरेको छ । सन्दीपविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीमा उजुरी परेसँगै क्यानले उनलाई निलम्बन गर्ने तयारी गरेको हो । क्यानले यस विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । उपत्यका बाहिर रहेका क्यानका अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ । क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ । सम्बन्धित समाचार रुम नम्बर ३०५, जहाँ सन्दीपमाथि आरोप लगाउने घटना भयो को हुन् ती युवती जसले पीडित भनिएकी युवतीसँग सन्दीपको भेट गराइदिइन ? पीडित युवतीको स्वास्थ्य परीक्षण गरियो, प्रहरी सीसी टिभी फुटेज हेर्दै, घटना पुष्टि भए सन्दीप लामिछानेलाई के कारवाही हुन्छ ? क्रिकेटर सन्दीपविरुद्ध नाबालिका बलात्कारको जाहेरी, कसरी सम्पर्क भयो, घटना के थियो ?

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार