सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

सत्ता गठबन्धनको शीर्ष बैठक ११ बजेका लागि सर्‍यो,बाहिरिने उपेन्द्रको चेतावनी

सत्ता गठबन्धनको शीर्ष बैठक ११ बजेका लागि सर्‍यो,बाहिरिने उपेन्द्रको चेतावनी

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    सत्ता गठबन्धनको शीर्ष बैठक ११ बजेका लागि सर्‍यो,बाहिरिने उपेन्द्रको चेतावनी
    images
    काठमाडौं। सिट भागबन्डा गर्न विहान ८ बजे बस्ने भनिएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक तीन घन्टा पछि सरेको छ । बैठक अब ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । समय घर्किदै गएपनि पाँच दलबीच सहमति हुन सकेको छैन । कांग्रेसले १००,माओवादीले ६० ,एकीकृत समाजवादीले ४० र जसपाले ४० सिट दाबी गरेकोले कुरा मिलेको छैन । उपेन्द्र असन्तुष्ट सिट भागबन्डामा जसपा अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बन्दै गएका छ्न । उनी शनिवार शीर्ष बैठकमा उपस्थित भएनन । पहिलेका बैठकमा सम्मानजनक नभए गठबन्धन छोड्ने बताएका यादवले शनिबार जनकपुरमा भएको कार्यक्रममा पनि यही चेतावनी दोहोर्‍याए । जसपालाइ कमजोर पार्ने षड्यन्त्र भैरहेको भन्दै यादवले त्यो स्वीकार्य नहुने र आत्मघात हुने गरी गठबन्धनमा नबस्ने बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार