सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

चोलेन्द्रशमशेरलाई थप २४ वटा प्रश्न सोधियो, बाँकी आठ प्रश्नको जवाफ २८ गते खोजिने

चोलेन्द्रशमशेरलाई थप २४ वटा प्रश्न सोधियो, बाँकी आठ प्रश्नको जवाफ २८ गते खोजिने

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    चोलेन्द्रशमशेरलाई थप २४ वटा प्रश्न सोधियो, बाँकी आठ प्रश्नको जवाफ २८ गते खोजिने
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध लागेको आरोपका विषयमा आइतवारसम्म ३५ वटा प्रश्नको जवाफ दिएका छन्। पहिले ११ वटा प्रश्नको जवाफ दिएका जबरालाई आईतबार महाभियोग सिफारिस समितिमा थप २४ वटा प्रश्न सोधियो । अब उनले आठ वटा प्रश्नको जवाफ दिन बाँकी छ र ती प्रश्न अब भदौ २८ गते बस्ने सिफारिस समितिको अर्को बैठकमा सोधिनेछ । महाअभियोग सिफारिस समितिका सदस्य एवम् नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले जबराबाट ३५ प्रश्नको जवाफ आएको बताउँदै बाँकी बयान अब भदौ २८ गते लिइने जानकारी दिए। संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ। संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ। संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन। त्यसपछि के होला भन्ने सर्वत्र चासो छ ।

    प्रतिक्रिया हरु
    थप समाचार