सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले ओली र पौडेलको नाम मुछे, पूर्वप्रधानन्यायाधीहरुलाई मण्डलेको संज्ञा

सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले ओली र पौडेलको नाम मुछे, पूर्वप्रधानन्यायाधीहरुलाई मण्डलेको संज्ञा

साझा पोष्ट
आइतबार, भदौ २६ २०७९
  • images
    सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले ओली र पौडेलको नाम मुछे, पूर्वप्रधानन्यायाधीहरुलाई मण्डलेको संज्ञा
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको नाम समेत मुछेका छन् । आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले ओली र पौडेलको नाम लिएका हुन ।सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत सहयोग गरेको जवाफ दिएका थिए । रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले गरेको भन्दै उनले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल) ले सहयोग पनि गर्नु भएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ ।’ तर यसमा अनियमितता नभएको उनको दाबी छ । जबराले पूर्व प्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरुलाई लाञ्छना लगाएको समितिका एक सदस्यले बताए । त्यस्तै राणाले पूर्व प्रधानन्यायाधीशहरूको समाजलाई मण्डलेको संज्ञा समेत दिएका छन् । ‘पूर्व प्रधानन्यायाधीशहरूको होइन, त्यो पञ्चायतका मण्डलेहरुको समाज हो त्यो’, राणाले आफुविरुद्ध विज्ञप्ति निकाल्ने पूर्व प्रधानन्यायाधीशहरुको समाजप्रति लक्षित गर्दै भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार