सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

सिट भागबन्डा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सिट भागबन्डा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    सिट भागबन्डा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
    images
    काठमाडौं । आगामी चुनावका लागि सिट भागबन्डा गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । विहान नौ बजेदेखि जारी बैठकमा कार्यदलको टोली पनि छ । आजको बैठकले सिट भागबन्डाको टुंगो लगाउने बताइएको छ । छलफल चलिरहेको र शीर्ष नेताहरू निर्णयको अवस्थामा पुगेको कांग्रेस नेता एवम कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । एउटै सिटमा तीनवटा दलसम्मको दाबी रहेको र तिनै विषयमा उम्मेदवार तोक्ने गरि सहमतिको प्रयास चलिरहेको कार्कीले जानकारी दिए ।एक अर्काका दाबीलाइ अस्वाभाविक भन्दै अस्वीकार गरेपछी पाँच दलबिच कुरा मिल्न सकेको छैन । विवाद बढेर गएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोडेर जाने चेतावनी समेत दिएका थिए । तर आइतबार बेलुकी फेरि गठबन्धन जोगाउने र भागबन्डा पनि त्यसै अनुसार गर्ने सहमती भएको छ ।  गठबन्धनमा कांग्रेसले १०० , माओवादीले ६०,एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राजमोले २ सिट दाबी गरेका छ्न । अब कांग्रेस,माओवादी,एकीकृत समाजवादी र जसपा आ आफ्ना दाबीबाट पछि हटेर सहमती खोज्ने प्रयास भैरहेको बताइएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार