सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज:प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचार गर्न पाउनुपर्छ

सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज:प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचार गर्न पाउनुपर्छ

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज:प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचार गर्न पाउनुपर्छ
    images
    काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष दुबैले प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचार गर्न नपाउने निर्वाचन आचार संहिताको विरोध गरेका छन । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सत्ता र प्रतिपक्ष दुबै दलका नेताले आयोगको यो व्यवस्था संसदीय र बहुदलीय लोकतन्त्र विरोधी रहेको बताए । उनीहरूले यसलाई सच्याउन पनि सुझाव दिएका छ्न । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले लोकतन्त्र विरोधी व्यवस्था नराख्न सुझाव दिंदा पनि आयोगले नमानेको असन्तुष्टि व्यक्त  गरे । "आचारसंहितामा हाम्रो सुझावका वावजुद प्रधानमन्त्री र मन्त्रीले प्रचारप्रसार गर्न नपाउने व्यवस्था राखियो । यो संसदीय लोकतन्त्र विरुद्ध छ । " नेम्वाङले कार्यान्वयन गरेर देखाउन पनि चुनौती दिए । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो आचारसंहिता बहुदलीय राजनीतिक प्रणाली अनुरूप नभएको टिप्पणी गर्दै प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचार गर्न पाउनु पर्ने माग गरे  । आफू उठेको क्षेत्र बाहेक अन्य ठाउँमा प्रचार नगर भन्न नमिल्ने उनले बताए । श्रेष्ठले भने- यसलाई सच्याउनुपर्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार