काठमाडौं ।चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु तीन दिने नेपाल भ्रमणमा आएका छ्न ।
सभामुख अग्नि सापकोटाको निम्तोमा उनी नेपाल आएका हुन । सय जनाको जम्बो टोली सहित आएका लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्नि सापकोटाले स्वागत गरे । लीले सोमबार नै सभामुख अग्नि सापकोटासंग भेट्नेछन । मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गर्नेछ्न ।
त्यसपछी मंगलबार नै उनले परराष्ट्रमन्त्री नारायण खड्का, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना,एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसंग भेट्नेछ्न । बुधबार उनले रास्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यतालिका छ । ली चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरियताका नेता हुन । उनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।