सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनीयाँ सभामुख लीबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनीयाँ सभामुख लीबीच भेटवार्ता

साझा पोष्ट
सोमबार, भदौ २७ २०७९
  • images
    राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनीयाँ सभामुख लीबीच भेटवार्ता
    images
    काठमाडौं । चिनियाँ सभामुख ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा भेट भएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद भवन नयाँ वानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको अध्यक्ष तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ। सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन्।संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने बताइएको छ।त्यसपछि प्रचण्डसँग भेटवार्ताको कार्यसूची छ। त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ। दिउँसो चार बजे उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्नेछन ।राजधानीमा ली को भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार