सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

बच्चा चोरी गर्ने व्यक्ति भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही हुन्छः साइबर व्यूरो

बच्चा चोरी गर्ने व्यक्ति भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही हुन्छः साइबर व्यूरो

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    बच्चा चोरी गर्ने व्यक्ति भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही हुन्छः साइबर व्यूरो
    images
    काठमाडौं । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । साइबर व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको भन्दै भ्रम फैलाए कारवाही गर्ने चेतावनी दिएको छ । ‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरीरसूचना प्राप्त भएको छैन,’ व्यूरोले निकालेको सूचनामा उल्लेख छ । पछिल्ला दिनमा भारतबाट सामाजिक सञ्जालमा जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी कारबाहीको चेतावनी समेत दिएको छ । सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि नागरिक आतंकित भएका छन् । विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् । त्यसपछि ब्यूरोले बोलेको हो । ब्यूरोले भनेको छ– ‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौं।’ प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइए जस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको जनाएको छ । सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै व्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न भनेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार