सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

ओलीपछि चिनीयाँ नेता ली प्रचण्डसँगको भेटवार्तामा

ओलीपछि चिनीयाँ नेता ली प्रचण्डसँगको भेटवार्तामा

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    ओलीपछि चिनीयाँ नेता ली प्रचण्डसँगको भेटवार्तामा
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनीयाँ नेता चाङ्सु लीबीच भेटवार्ता भएको छ। संघीय संसद भवन, नयाँबानेश्वरमा प्रचण्ड र लीबीच भेटवार्ता भएको हो । एमाले अध्यक्ष केपी ओलीसँग भेटे लगत्तै प्रचण्ड र लीबीच भेटवार्ता भैरहेको छ । प्रचण्डसँगै भेटमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपाध्यक्ष कृष्णबहादुर महरा , महासचिव देव गुरुङ,उपमहासचिव पम्फा भुसाल हरिबोल गजुरेल, शक्ति बस्नेत र नेता राम कार्की सहभागी छन ।ली चिनीयाँ कम्यूनिष्ट पार्टीका तेस्रो वरियताका नेता हुन । उनले आजै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गरेका थिए।प्रचण्डसँगको भेटपछि केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गर्ने कार्यसूची रहेको छ। साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट हुने कार्यसूची छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार