सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्नुपर्नेमा ओलीको जोड

नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्नुपर्नेमा ओलीको जोड

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्नुपर्नेमा ओलीको जोड
    images
    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँग संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले लाभ हासिल गर्ने गरी रणनीतिक साझेदारीमा जोड दिएका हुन । , ‘हाम्रो पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमामा विकास गरेका छौं, यसबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेका छौं ।’ ओलीले भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुबीच पाँच वटा विषयमा छलफल भएको छ। बीआरआइ, तातोपानी र रसुवा नाका खोल्ने विषय, नेपालको पछिल्लो राजनीतिक अवस्था, एक चीन नीति र पार्टीगत विषयमा कुरा भएको औपचारिक वार्तामा सहभागी एमालेका एक पदाधिकारीले बताए । एक चीन नीति प्रति नेपाल सधैँ प्रतिवद्ध रहेको ओलीले प्रतिवद्धता जनाए । ‘एक चीन नीति प्रति नेपाल सधैँ प्रतिबद्ध छ,’ ओलीले भने, ‘यसमा सशंकित नहोस्, चीनलाई हेर्ने दृष्टिकोण नेपालको बदलिने छैन।’ जवाफमा चिनियाँ कंग्रेस अध्यक्ष चाङ्सुले चीन–नेपाल सम्बन्ध निकै पुरानो रहेको बताए। ‘चीन–नेपाल सम्बन्ध निकै पुरानो हो, हामी असल र पुरानो छिमेकी हौँ,’ अध्यक्ष चाङ्सुले भने, ‘चीनलाई अप्ठेरो पर्ने कुरा नेपालबाट हुने छैन भन्ने कुरामा हाम्रो पूरै विश्वास छ।’ लीले दुई देशबीचको दुई पक्षीय भ्रमण आदान–प्रदानले परम्परागत सम्बन्धलाई नयाँ उचाइ कामय कायम गर्ने बताएका छन । उनले नेपालमा हुन गइरहेको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पनि शुभकामना दिए । ओलीले अगामी अक्टोबरमा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिए । भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै विदेश विभागका प्रमुख राजन भट्टराई, अर्का उपमहासचिव विष्णु रिमाल, पूर्व राजदूत तथा विदेश विभाग सदस्य अन्जान शाक्यलागयत सहभागी थिए । चिनियाँ टोलीको नेतृत्व अध्यक्ष लीले गरेका थिए । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छी पनि भेटमा सँगै थिइन् ।

    प्रतिक्रिया हरु
    थप समाचार