सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

मिटरब्याज पीडितमाथि आज पनि प्रहरीको धरपकड

मिटरब्याज पीडितमाथि आज पनि प्रहरीको धरपकड

साझा पोष्ट
मंगलबार, भदौ २८ २०७९
  • images
    मिटरब्याज पीडितमाथि आज पनि प्रहरीको धरपकड
    images
    काठमाडौं । मिटरब्याज पीडितको प्रदर्शनमा मंगलबार पनि प्रहरीले धरपकड गरेको छ । ३० जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । माईतीघर मण्डलामा धर्ना दिन कीर्तिपुरबाट हिँडेर बल्खु पुग्दा प्रहरीले उनीहरुलाई रोकेको हो । उनीहरुमध्ये आधाजसो त्यहीँ रोकिए पनि केही माइतीघर पुगेका छनए । ४ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीलाई कारण देखाउँदै धर्नाका लागि माइतीघर आउन लागेका किसानलाई निषेध गर्न सोमबारदेखि प्रहरी परिचालन गरिएको छ । न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले सोमबार पनि बल प्रयोग गरेको थियो । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४२ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए ।

    प्रतिक्रिया हरु
    थप समाचार