बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले हेर्न सकिने

आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले हेर्न सकिने

साझा पोष्ट
बिहीबार , पुस १९ २०८०
  • images
    आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले हेर्न सकिने
    images

    काठमाडौं । आज राति उल्का वर्षा हुँदैछ । उल्का वर्षाको स्रोत भूतप नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो ।


    images
    images

    भूतप उल्का वर्षा आज दिउँसैदेखि  अत्याधिक मात्रामा सक्रिय भए पनि नेपाली समयअनुसार राति ११: ३० बजेदेखि भोलि शुक्रबार बिहान सुर्योदय अगाडि हेर्न सकिनेछ ।

    उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर मनोरञ्जन लिन सक्ने नासोले जनाएको छ । अत्याधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान  छ ।
    नासोका अनुसार ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमि माथि वायुमण्डलमा देखिनेछन् ।

    पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिन्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार