मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सुन तस्करी: नुवाकोटका प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए

सुन तस्करी: नुवाकोटका प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए

साझा पोष्ट
शनिबार, चैत ३ २०८०
  • images
    सुन तस्करी:  नुवाकोटका प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए
    images

    काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगको कारबाही सिफारिसमा परेका नुवाकोटका प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ ।

    images
    images

    थापालाई नुवाकोट प्रहरी प्रमुखबाट शुक्रबार हटाइएको स्रोतले जनाएको छ । सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ ।

    images
    images

     सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ । कारबाही सिफारिस भएपछि चार्यलाई पनि त्यहाँबाट हटाएर नयाँ प्रमुख पठाइएको छ ।डीएसपी दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिसकिएको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार