मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

नर्स चन्द्रिका दासको हत्यापछि प्रेमीले गरे आत्महत्या

नर्स चन्द्रिका दासको हत्यापछि प्रेमीले गरे आत्महत्या

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    नर्स चन्द्रिका दासको हत्यापछि प्रेमीले गरे आत्महत्या
    images

    काठमाडौं। विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

    images
    images

    मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले चन्द्रिकाको हत्या पछि शिवशङ्करले आत्महत्या गरेको बताए ।

    images
    images

    दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका हुन् । नर्स चन्द्र कुमारीको विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो ।

    सिरहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।  उनका दुईजना प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झुन्डिएको अवस्थामा फेला परेका २२ वर्षीय शिवशङ्कर दास वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

    उनी मलेसिया गएपछि चन्द्रिका कुमारीको सिरहाकै एक युवासँग प्रेम सम्बन्ध गाँसिएको थियो । चन्द्रिकाको अन्य युवासँग प्रेम सम्बन्ध गाँसिएको थाहा पाएपछि शिवशङ्कर फागुन २७ गते नेपाल  आएर  चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । बस्ने क्रममा चन्द्रिकले अरुसँग प्रेम रहेको बताइएकी थिईन् ।  
    चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशङ्करले गरेर फरार भएको पाइएपछि खोजी गर्दा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको एसपी कार्कीले बताए । 

    प्रतिक्रिया हरु
    थप समाचार