मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

महरा नर्भिक अस्पताल भर्ना 

महरा नर्भिक अस्पताल भर्ना 

साझा पोष्ट
सोमबार, चैत ५ २०८०
  • images
    महरा नर्भिक अस्पताल भर्ना 
    images

    काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

    images
    images

    जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो। संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागु हुने गरी उनलाई न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन हिरासतमा राख्न अनुमति दिएका थिए।

    images
    images

    न्यायाधीश खनालले महराको उपचारको बन्दोबस्त मिलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशन दिएका थिए। 

    महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएका थिए। उनले आफूलाई विभिन्न रोग रहेको बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिएको सीआईबीलाई उपचार व्यवस्था गर्न निर्देशन दिएको थियो।

    सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले महराले पहिले पनि नर्भिकमै उपचार गर्दै आएकाले त्यहीँ भर्ना गरिएको बताएका छन्। महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो। 

    प्रतिक्रिया हरु
    थप समाचार