शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

देशभर मौसम बदली: कोशी र मधेशमा पानी पर्‍यो, काठमाडौंमा पनि सम्भावना

देशभर मौसम बदली: कोशी र मधेशमा पानी पर्‍यो, काठमाडौंमा पनि सम्भावना

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    देशभर मौसम बदली:  कोशी र मधेशमा पानी पर्‍यो, काठमाडौंमा पनि सम्भावना
    images

     काठमाडौं । अहिले देशभर मौसम बदली भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।  यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

    images
    images
    images

    कोशी र मधेश प्रदेशका केही स्थानमा  वर्षा पनि भएको छ ।  त्यसैगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा अहिले छिटपुटदेखि हल्का हिमपात भइरहेको छ। यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images
    images

    आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। 

    दिउँसो कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानसहित बाँकी देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ।

    त्यसैगरी आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशकन पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। 

    राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार