मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

साझा पोष्ट
बुधबार, चैत ७ २०८०
  • images
    मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
    images

    काठमाडौं। मोरङको बेलबारी नगरपालिका– १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका छन् । 

    images
    images

    मंगलबार राति करिब १ बजे घट्ना भएको हो । छोराले भने भागेर बाँचेका छन् ।प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

    मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।

    प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।घर झगडाले घटना भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार