मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

बाँसबारी प्रकरणमा सीआइबीले विनोद चौधरीसित बयान लियो

बाँसबारी प्रकरणमा सीआइबीले विनोद चौधरीसित बयान लियो

साझा पोष्ट
बिहीबार , चैत ८ २०८०
  • images
    बाँसबारी प्रकरणमा सीआइबीले विनोद चौधरीसित बयान लियो
    images

    काठमाडौं । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ ।

    images
    images

    सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको हो । आज बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।

    images
    images

    बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भैरहेको जानकारी गराएको थियो ।

    बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार