मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सूर्यदर्शन सहकारीका पीडितले जीबी राईविरुद्ध दिए संसदीय समितिमा उजुरी

सूर्यदर्शन सहकारीका पीडितले जीबी राईविरुद्ध दिए संसदीय समितिमा उजुरी

साझा पोष्ट
बिहीबार , चैत ८ २०८०
  • images
    सूर्यदर्शन सहकारीका पीडितले जीबी राईविरुद्ध दिए संसदीय समितिमा उजुरी
    images

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन्। 

    images
    images

    कास्कीबाट काठमाडौँ आएका ७ जना पीडितले बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष उजुरी बुझाएका हुन्। 
    सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनीहरुले सिंहदरबारस्थित समितिको कार्यकक्षमा पुगेर फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

    images
    images

    सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।

    उनीहरूले उक्त सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न माग समेत गरेका छन्। 

    बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठसहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धाबाट किटान गरेका व्यक्तिलाई कारबाही माग गरेका हुन्। 

    ‘सडकदेखि सदनसम्म, डिफ्युजनदेखि रेड नोटिससम्म आइपुग्दा पनि यस सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन्। यिनीहरूलाई हाम्रो कुन राज्य व्यवस्थाले संरक्षण दिइराखेको छ ? ’, मागपत्रमा उल्लेख छ।

    प्रतिक्रिया हरु
    थप समाचार