मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

साझा पोष्ट
सोमबार, चैत १२ २०८०
  • images
    शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
    images

    काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।  

    images
    images

    सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले लामिछाने आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गर्दै पद छोड्न भनेको हो । 

    images
    images

     ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ ।’  समाजका अध्यक्ष रामकृष्ण बरालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    शान्ति समाजले उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सुनकाण्डमा मुछिएका माओवादी नेतालाई उन्मुक्ति दिएको जिकिर गरेको छ । यसैगरी नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनै छानबिन नहोस भन्ने सौदावाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको शान्ति समाजले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    ‘सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदावाजीको घिनलाग्दो राजनीतिको शान्ति समाज निन्दा गर्दछ’, विज्ञप्तिमा  छ ।

    प्रतिक्रिया हरु
    थप समाचार