मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

दुर्गा प्रसाइँका पक्षमा सर्वोच्चको आदेश चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार : डा. केसी

दुर्गा प्रसाइँका पक्षमा सर्वोच्चको आदेश चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार : डा. केसी

साझा पोष्ट
मंगलबार, चैत १३ २०८०
  • images
    दुर्गा प्रसाइँका पक्षमा सर्वोच्चको आदेश चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार : डा. केसी
    images

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईको मेडिकल कलेज बी एन्ड सीका पक्षमा सर्वोच्च अदालतले सोमबार गरेको आदेशलाई चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार भनेका छन् । 

    images
    images

    सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको इजलासले प्रसाईका पक्षमा रिट जारी गरेपछि केसीले मंगलबार विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् । 
    सर्वोच्चको यस निर्णयले चिकित्सा शिक्षा आयोगलाई निस्तेज तुल्याउने र मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्ने उनको भनाइ छ।आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुने चिन्ता पनि उनले व्यक्त गरेका छन्।

    images
    images

    उक्त फैसलाको हालसम्म संक्षिप्त रूप पनि नआएकाले यसबारे अनेक आशंका देखिएको बताउँदै केसीले  भनेका छन्, ‘यही संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लंघन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।’

    देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु सबैको कर्तव्य हुने भन्दै उनले कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आए न्यायिक अराजकता सिर्जना हुन सक्ने डा। केसीको टिप्पणी छ। ‘ऐनप्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकनमा जानुको विकल्प रहने छैन’, डा। केसीले भनेका छन् ।


    अनुसारको सबै मापदण्ड र प्रक्रिया पुर्‍याएर गरिने काममा भने आफूलाई आपत्ति नहुने केसीले स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार