मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन,जीबी राई मलेसियामा छन् : प्रहरी महानिरीक्षक

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन,जीबी राई मलेसियामा छन् : प्रहरी महानिरीक्षक

साझा पोष्ट
बुधबार, चैत १४ २०८०
  • images
    सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन,जीबी राई मलेसियामा छन् : प्रहरी महानिरीक्षक
    images

    काठमाडौं ।  प्रहरी महानिरीक्षक वसन्त कुँवरले  पोखराको  सूर्यदर्शन सहकारीमा भएको ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखिएको जवाफ दिएका छन् । 

    images
    images

    प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूलाई जवाफ दिँदै महानिरीक्षक कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेको नाम आए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।

    images
    images

    ‘सहकारीको इस्युमा माथिल्लो र नीतिगत तहमा विभिन्न प्रयास भएको छ। केन्द्रमा सीआईबी र तल जिल्ला प्रहरीले हेर्छन्’, उनले भने, ‘पोखरास्थित सूर्यदर्शन सहकारीको हकमा ५ जना पक्राउ परेका छन्। अझै १५ जना फरार छन्।’
    कुँवरले सहकरी प्रकरणको मुख्य नाइकेमा जीबी राई नै रहेको आफूहरुको पनि बुझाइ रहेको बताए। उनले हाल मलेसियामा रहेको सूचना आएकाले स्वदेश ल्याउने प्रयासमा लागिरहेको कुवँरले बताए।

     ‘मलेसियामा जीबी राई छन भन्ने हामी भन्छौँ। यो फाइनान्सियल इस्यु भएका कारण अहिले त्यहाँ समकक्षी र एम्बेसीबाट पनि प्रयास भइरहेको छ’, उनले भने, ‘रवि लामिछानेको नाम आएको छ, यसमा उहाँको कुनै संलग्नता देखिएको छैन। बाकी अनुसन्धान हुँदैछ।’

    प्रतिक्रिया हरु
    थप समाचार