शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

१६ वर्षपछि प्रहरीको फन्दामा माओवादी पूर्वकमाण्डर विविध

१६ वर्षपछि प्रहरीको फन्दामा माओवादी पूर्वकमाण्डर विविध

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    १६ वर्षपछि प्रहरीको फन्दामा माओवादी पूर्वकमाण्डर विविध
    images

    काठमाडौं । माओवादीका पूर्वलडाकु कमाण्डर कालीबहादुर खाम ‘विविध’ हत्या आरोप लागेको १६ वर्षपछि पक्राउ परे । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले पूर्वी रुकुमका खामलाई  मंगलबार ठमेलबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    वर्षौंसम्म उनी प्रहरीको फरार सूचिमा थिए । प्रहरीलाई छक्काउँदै आएका खाम अन्ततः प्रहरीको फन्दामा परे । काठमाडौंको टोखामा बस्दै आएका खामबारे पछिल्लो समय प्रहरीले सूचना संकलन गरिरहेको थियो । उनी मंगलवार दिउँसोको समयमा भने ठमेल आसपासमा जाने गर्थे । ठमेलमा आउने भरपर्दो सूचना पाएको काठमाडौं प्रहरीले त्यसै अनुसार तयारी गरेर उनलाई पक्राउ गर्यो । 
    के हो घट्ना ? 
    माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा तेस्रो डिभिजन कार्यालय राखिएको थियो । र,  डिभिजनको जनसम्पर्क कार्यालय  व्यवसायी रामहरि श्रेष्ठको घर कोटेश्वरमा बनाइएको थियो । श्रेष्ठकै घरबाट २०६४ चैत १४ गते जनमुक्ति सेनाले संकलन गरेर राखेको १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो ।

    images
    images

    त्यही घटनाको अनुसन्धान गर्ने भन्दै अर्का माओवादी कमान्डर गोविन्दबहादुर बटालासहितको टोलीले श्रेष्ठ र कार्यालयको सुरक्षामा खटिएका माओवादी लडाकु केशव अधिकारी, गंगाराम थापा र घरधनी श्रेष्ठलाई अपहरणकै शैलीमा चितवनको शक्तिखोर पुर्‍याए ।
    श्रेष्ठसहित तीनजनालाई यातनासहित सोधपुछ गरियो ।  श्रेष्ठले आफूसँगै नियन्त्रणमा रहेका माओवादी लडाकुहरूले नै चोरी गरेको बताए ।

    तर, अधिकारी र थापाले आफ्नो ‘नाम पोलेको’ भन्दै श्रेष्ठलाई ०६५ वैशाख ३१ गते बिहान कुटपिट गरेर घाइते बनाए । उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भयो तर, नारायणी नदीमा फालेको विवरण शक्तिखोर डिभिजनले ०६५ जेठ ३ गते चितवन प्रहरीमा नै निवेदन पठाएको थियो ।

    चोरीको रकम र पेस्तोल भने पछि श्रेष्ठको घरको भर्‍याङमुनी भेटिएको थियो । तर, माओवादी पटक–पटक सत्तामा हुँदा श्रेष्ठ हत्या प्रकरणको अनुसन्धान हुन सकेको थिएन ।यस बीचमा बटालासहित अधिकारी र थापा भने सफाई पाएर छुटेकाछन । तर, खाममाथि भने हत्याको १६ वर्षपछि अनुसन्धान थालनी हुँदैछ । 

    श्रेष्ठको हत्यादेखि नै खाम प्रहरीको फरार सूचीमा थिए । तर, शक्तिको आडमा प्रहरीले उनलाई पक्रिन सकेन । प्रहरी अधिकारीका अनुुसार २०६७ असारमा चिनियाँ व्यापारी लुटपाटमा समेत खामको संलग्नता देखिएको थियो । खामसहितको समूहले गोगंबुस्थित नवमित्र गेष्ट हाउसमा यार्सागुम्बा किन्न आएका चिनियाँलाई लुटेका थिए ।प्रहरीले अरुलाई पक्राउ गरे पनि खाम भने जोगिएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार