मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
    images

    काठमाडौं । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ ।

    images
    images

    जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले तथ्य प्रमाणहरुको आधारमा अहिले नै घटनामा कालिबहादुर खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

    images
    images

    १५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।उनलाई बुधबार विहान चितवन लगिएको थियो ।

    जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार खामको अभियोगका विषयमा बुधबार थुनछेक बहस शुरु भएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार