मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सहकारीमा मेरै २३ लाख डुबेको छ : श्रममन्त्री

सहकारीमा मेरै २३ लाख डुबेको छ : श्रममन्त्री

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    सहकारीमा मेरै २३ लाख डुबेको छ : श्रममन्त्री
    images

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डोलप्रसाद अर्यालले सहकारीको पैसा अपचलनमा आफू संलग्न नरहेको प्रष्टिकरण दिएका छन् । उनले आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एक–दुई लाख इनाम दिने घोषणा समेत गरेका छन् ।

    images
    images

     ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु ।’ मन्त्री अर्यालले श्निबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भने, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’

    images
    images

    उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे ।

    उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे ।


    त्यसपछि संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर जाँदा आफूलाई नेतृत्व दिन नमानेपछि राजीनामा गरेर २३ लाख फिर्ता मागेको बताए । तर, उक्त रकम नपाएको उनको दाबी छ ।

    प्रतिक्रिया हरु
    थप समाचार