मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी, बलात्कार र भ्रूण हत्याको आरोप

महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी, बलात्कार र भ्रूण हत्याको आरोप

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी, बलात्कार र भ्रूण हत्याको आरोप
    images

    काठमाडौं । नेकपा एमालेका नेता एवम् महेश बस्नेतविरुद्ध  प्रहरीमा जाहेरी परेको छ । एमालेमैसङ्गठित ३१ वर्षीया युवतीले ई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले हुलाकमार्फत आएको जाहेरी दर्ता गरिसकेको बताएका छन्।
    जाहेरी दिएकी ती महिलाले आफूलाई पटक पटक बलात्कार गरेर बस्नेतले भ्रूण हत्या गर्न बाध्य पारेको जिकिर गरेकी छन्। 

    images
    images

    उनले काठमाडौं महानगरपालिका–१० बिजुलीबजारस्थित सनसाइन अपार्टमेन्ट र भारतमासमेत बलात्कार गरेको दाबी गरेकी छन्।

    images
    images

    उनले आफूसँगको सम्बन्धपछि बस्नेतले भ्रूण हत्या गर्न बाध्य पारेको पनि बताएकी छन्। उनले बस्नेतलाई मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गराएको कसुरमा कारबाही माग गरेकी छन्। ती महिलाले बस्नेतविरुद्ध डाँका चोरीको पनि आरोप लगाएकी छन्। गत फागुन ८ गते बिजुली बजारस्थित अपार्टमेन्टमा छिरेर डाँका चोरी गरेको आरोप पनि उनले लगाएकी छन्।

    आफ्नो साथका दुईवटा मोबाइल र अन्य विद्युतीय सामान लगेको दाबी उनले गरेकी छन्। 

    प्रतिक्रिया हरु
    थप समाचार