मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सम्पत्ति शुद्धीकरणमा लम्बोदर न्यौपाने दोषी ठहर

सम्पत्ति शुद्धीकरणमा लम्बोदर न्यौपाने दोषी ठहर

१२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    सम्पत्ति शुद्धीकरणमा लम्बोदर न्यौपाने दोषी ठहर
    images

    काठमाडौं ।नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् ।

    images
    images

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतवार न्यौपानेलाई दोषी ठहर गरेको हो । उनलाई सजाय निर्धारणका लागि आगामी वैशाख १६ गते पेशी तोकिएको छ ।

    images
    images

    विभागले न्यौपानेसहित कलेजका तत्कालीन ९ सञ्चालकहरूविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपसहित चलाएको मुद्दामा सरकारी वकिलको कार्यालयले दाबी गरेअनुसारकै बिगो विशेष अदालतले निर्धारण गरेको छ। तर अदालतले अन्य प्रतिवादीहरूलाई भने सफाइ दिएको छ। न्यौपानेले  १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अदालतले ठहर गरेको छ ।उनले कलेजको रकम आफ्नो निजी खातामा हालेका थिए ।

    ५ वर्षसम्म उनले कलेजबाट मासिक ६ लाख रुपैयाँ पारिश्रमिक, १ करोड ५० लाख रुपैयाँको गाडी लिनुका साथै विभिन्न शीर्षकमा हजारौं रुपैयाँ भत्ता लिने गरेका थिए ।

    उनले ५३ पटकसम्म कलेजको खातामा राख्नु पर्ने रकम निजी खातामा राखेको पाइएको छ। उनले करसमेत तिर्ने गरेका थिएनन् ।

    कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय, इन्दिरा उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, सूर्यबहादुर केसी ९दिवंगत०, र दीपक भट्टराई ९दिवंगत० र हरिप्रसाद पाण्डेले सफाइ पाएका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार