शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित शहर

काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित शहर

साझा पोष्ट
सोमबार, चैत २६ २०८०
  • images
    काठमाडौं विश्वकै तेस्रो वायु प्रदूषित शहर
    images

    काठमाडौं । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएर खराब स्थितिमा पुगेको छ ।  विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्दै आएको स्वीट्जरल्यान्डस्थित आईक्यूएयरका अनुसार काठमाडौँ वायु प्रदूषणको दृष्टिले विश्वकै तेस्रो स्थानमा पुगेको छ। 
    पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छन् ।

    images
    images
    images

    सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।
    १५१ देखि २०० एक्यूआई गुणस्तरको वायुलाई अस्वस्थकर मानिन्छ। आईक्यूएयरले अस्वस्थकर वायुलाई रातो रंगले चित्रित गर्ने गरेको छ। विश्वमै सबैभन्दा प्रदूषित नयाँदिल्लीको एक्युआई २४४ छ। यो अत्यन्तै अस्वस्थकर वायुको अवस्था हो। २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।

    images
    images


    एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ। वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिने विज्ञहरु बताउँछन्।

    हरेक वर्ष चैतको बेला काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। काठमाडौँ उपत्यकामा बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्यधिक बढ्ने गरेको विज्ञहरुले बताएका छन् । 
    वायु प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी यसबाट बढी प्रभावित हुने गरेका छन्।

    प्रदूषणको बेला सकेसम्म घरबाहिर ननिस्किन र निस्कनुपरे पनि विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार