मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

रास्वपाभित्रैबाट उठ्यो रवि लामिछानेमाथि छानबिनको माग, केन्द्रीय सदस्य कार्की भन्छन्: दुधको दुधको पानीको पानी हुनुपर्छ

रास्वपाभित्रैबाट उठ्यो रवि लामिछानेमाथि छानबिनको माग, केन्द्रीय सदस्य कार्की भन्छन्: दुधको दुधको पानीको पानी हुनुपर्छ

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    रास्वपाभित्रैबाट उठ्यो रवि लामिछानेमाथि छानबिनको माग, केन्द्रीय सदस्य कार्की भन्छन्: दुधको दुधको पानीको पानी हुनुपर्छ
    images

    काठमाडौं । पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोपका विषयमा छानबिन हुनुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीभित्रैबाट उठेको छ ।
     पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले लामिछानेमाथि छानबिन हुनु पर्ने माग गरेका छन्। उनले संसदीय छानबिन समिति गठन गर्नुपर्ने र त्यो पार्टीले सुरु देखि उठाएको विषय भएको बताएका छन् । 


    images
    images

    ‘प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन । संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ ।’ कार्कीले सामाजिक सञ्जालमा लेखेका छन, जस्तो कसिमा जाँचिनु पर्ने हो, जाचिन तयार हौँ । तर यो कुरा सकिदिउँ । अनि सोध्ने हो, तिमीहरूमा हामी जस्तो हिम्मत छ छानविन र जाँचमा उभिने ? त्यसपछि छुट्टिन्छ, दुधको दुध र पानीको पानी । अनि बन्द हुन्छ सँधैका लागि विरोधी भनिएका मुख ।’ 

    लामिछानेमाथि एकमाथि अर्को विषय उठ्ने गरेको र त्यसले पार्टी भित्र पनि समस्या भएको बताएका छन् । ‘अवस्था फरक हुँदैछ । समर्थकहरू नै अब सत्यको उज्यालोबाट तानिएर भ्रमको अँध्यारोमा पुग्न लाग्दैछन् । शिर ठाडो बनाएर गौरवले घण्टी बजाउने साथीहरू प्रश्न आउला र निरूत्तर भइएला भनेर खुल्न संकोच मान्ने अवस्था बनेको छ । त्यसबाट पर्दा हट्न अब सवाल जवाफ मात्रै पर्याप्त छैन । विश्वास छ हामीलाई– सहकारीको साना साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ ।’ कार्की लेख्छन्, सवाल जवाफ जस्तो चलिरहेको छ । पटक पटक नयाँ आरोप आउँछन्, जवाफ आउँछ अनि फेरि अर्को नयाँ कुरा आउँछ, फेरि अर्को जवाफ । यहि चक्र कहिलेसम्म ? मिडियामा पटक पटक सभापतिलाई जोडेर आउने सहकारीका प्रसंगहरूको निदान हुनै पर्छ । ’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार