मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

    images
    images

    मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

    images
    images

    माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले बैठकमा  नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ ।

    नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ  गराउने समझदारी भएको छ । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशी सहभागी थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार