बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा र संरचनामा प्रहरीले गर्‍यो शील

कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा र संरचनामा प्रहरीले गर्‍यो शील

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा र संरचनामा प्रहरीले गर्‍यो शील
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम्  केन्द्रीय सदस्य दीपक खड्काले  लिजको म्याद सकिए पनि भोगचलन गरिरहेको स्काउटको लैनचौरस्थित जमिनमा बनेका संरचनामा जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा सिल गरेको छ ।


    images
    images

    १५ वर्ष देखि स्काउटको जग्गा भाडामा लिएका सांसद खड्काले सम्झौता सकिएपछि पनि लाभ लिइरहेका थिए । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनले अटेरी गरिरहेका थिए ।  संसदीय समिति समेत गुहारेको स्काउटको जग्गामा प्रशासनले ताला लगाएको हो ।
    काठमाडौं महानगरपालिका– २६ लैनचौरस्थित जग्गा एवं सम्पत्तिमा नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री दीपक खड्काले अनधिकृत कब्जा जमाएको भन्दै स्काउटले विरोध जनाएको थियो । 

    स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्ट खोल्न थप भौतिक संरचना निर्माण गरिएको छ ।

    स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल कवल छन् ।यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो ।

    प्रहरीले कार्यालय र क्याफेमा सिल गरेको छ भने लैनचौर ब्याङ्क्वेटमा विवाहको समारोह चलिरहेकाले बाहिर प्रहरी कुरेर बसिरहेको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार