बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

प्रधानमन्त्रीसँग भेटेर विपिन जोशीको परिवारले भन्यो: उद्धार गरिदिनुस्

प्रधानमन्त्रीसँग भेटेर विपिन जोशीको परिवारले भन्यो: उद्धार गरिदिनुस्

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    प्रधानमन्त्रीसँग भेटेर विपिन जोशीको परिवारले भन्यो:  उद्धार गरिदिनुस्
    images

     काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ ।


    images
    images

    शुक्रबार बिहान बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले प्रधानमन्त्रीलाई  भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेको हो ।


    प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका छन् । 

    गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।  कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।

    हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिनको अवस्था थाहा हुन सकेको छैन् । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार