मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

गोरखामा हिमताल फुटेर चुमनुब्रीमा बाढीपहिरो, एउटा पुल बगायो

गोरखामा हिमताल फुटेर चुमनुब्रीमा बाढीपहिरो, एउटा पुल बगायो

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    गोरखामा हिमताल फुटेर चुमनुब्रीमा बाढीपहिरो, एउटा पुल बगायो
    images

    काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका– १ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। 

    images
    images

    हिमताल फुटेपछि स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

    images
    images

    बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको छ ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    थप समाचार