मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

कतारका अमिर दुई दिने  भ्रमणका लागि मंगलबार नेपाल आउने

कतारका अमिर दुई दिने  भ्रमणका लागि मंगलबार नेपाल आउने

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    कतारका अमिर दुई दिने  भ्रमणका लागि मंगलबार नेपाल आउने
    images

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् ।

    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् ।   

    images
    images

    वार्तापछि  द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । कतारबाट सरकारी टोली आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ ।

    अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।

    यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । यस्तै कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ ।

    कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’(क्यूएफएफडी)मार्फत आउने बताइएको छ । थानी २४ अप्रिलमै काठमाडौंबाट कतार फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार