शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

यसरी बनिरहेको छ सिद्धबाबा सुरुङमार्ग (तस्बिरहरु)

यसरी बनिरहेको छ सिद्धबाबा सुरुङमार्ग (तस्बिरहरु)

साझा पोष्ट
सोमबार, वैशाख १० २०८१
  • images
    यसरी बनिरहेको छ सिद्धबाबा सुरुङमार्ग  (तस्बिरहरु)
    images

    काठमाडौं ।  सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण भइरहेको छ। 


    images
    images

     पाल्पाको तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबामा निर्माणको काम चलिरहेको छ । राजमार्गको पाल्पा-बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्नु परेका कारण सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको हो। वर्षेनी दुर्घटनामा परी मानवीय क्षति हुने गरेकोले यसलाई मृत्युमार्ग समेत भनेर टिप्पणी गरिन्छ ।  सुरुङमार्ग निर्माण थालिएको साढे २ महिनामै ४५ मिटर खनिएको छ ।

    Siddhababa-tunnel_6.jpg

    आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङ मार्ग उत्खनन्को कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो । सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।

    पछिल्लो अपडेट अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम १५.६ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन् भइसकेको छ ।स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ । नर्थ पोर्टल र साउथ पोर्टलको काम समेत सुरु भएको आयोजनाले जनाएको छ ।

    Siddhababa-tunnel_7.jpg


    आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी ३००–३०० मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ। यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

    Siddhababa-tunnel-2.jpg

    पोखरासँग जोड्ने सुरुङमार्ग पुरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा  छ ।पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो। 
     ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनु पर्नेछ। 

    Siddhababa_3.jpg

    ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आगामी आर्थिक वर्षमा करिब ३ अर्ब, २०८२\८३ का लागि दुई अर्ब र २०८३\८४ को चैतसम्म १ अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ। 

    Siddhababa-tunnel_5.jpg

    तस्बिरहरु: सिद्धबाबा टनेल प्रोजेक्ट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार