शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

सन्दीपले फेरि भने: षड्यन्त्र गर्नेको नाम छिट्टै सार्वजनिक गर्छु

सन्दीपले फेरि भने: षड्यन्त्र गर्नेको नाम छिट्टै सार्वजनिक गर्छु

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    सन्दीपले फेरि भने: षड्यन्त्र गर्नेको नाम छिट्टै सार्वजनिक गर्छु
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ गर्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । 

    images
    images
    images

    बुधबार मध्यराति फेसबुकमा स्टाटस लेख्दै उनले षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘म कानून र सम्मानित अदालतको  आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा  भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु , जो यसमा संलग्न छन्।’’ उनले भनेका छन् ।

    images
    images

    त्यसअघि बुधवार राति उनले आफुमाथि षडयन्त्र गरिएको सामाजिक सञ्जाल मार्फत बताएका थिए ।बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ । विश्वकप टोली घोषणा भएपछि सन्दीपले लगातार यसमा बोलिरहेका छन् । यसले उनले विश्वकप टिम घोषणा हुनु हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेको संकेत गर्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार