शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु
    images

    काठमाडौं। धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ ।  रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादवको दुर्घटनामा ज्यान गएको हो । 


    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् ।

    दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार