शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

कतारका राजाको सम्मानमा राष्ट्रपतिले गरे रात्रिभोज

कतारका राजाको सम्मानमा राष्ट्रपतिले गरे रात्रिभोज

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    कतारका राजाको सम्मानमा राष्ट्रपतिले गरे रात्रिभोज
    images

     काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।


    images
    images

    होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरियो । 


    रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति छ ।

    राष्ट्रपति पौडेलको निमन्त्रणामा थानी मंगलबार दिउँसो काठमाडौं आईपुगेका हुन् । राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले विमानस्थलमा उनको स्वागत गरेका थिए । विमानस्थलमै कतारका राजालाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो ।

    त्यसपछि विमानस्थलबाट उनी राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता भएको थियो ।

    तस्बिर: रासस

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार