शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

लगानी सम्मेलनमा १४८ आयोजना सोकेसमा राखिने

लगानी सम्मेलनमा १४८ आयोजना सोकेसमा राखिने

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    लगानी सम्मेलनमा १४८ आयोजना सोकेसमा राखिने
    images

    काठमाडौं ।  बैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १४८ परियोजना प्रदर्शनी (सोकेस) मा राखिने भएको छ । लगानी बोर्डको ५८औँ बैठकले गरेको निर्णय अनुसार ती आयोजनामा अधिकांश जलविद्युतका छन् ।


    images
    images

    सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने  परियोजनाको सूची स्वीकृत गरिएको छ ।

    पहिलो र दोस्रो वर्गका २० परियोजनालाई आशयपत्र आह्वान गर्न पाउने गरी प्रदर्शनीमा राखिनेछ । लगानी बोर्डले केहीको आशपत्र माग्नेछ भने केही सम्बन्धित मन्त्रालय वा विभागले आशयपत्र आह्वान गर्ने प्रवक्ता उपाध्यायले बताए ।

    तेस्रो वर्गमा रहेका ७ वटा परियोजना मार्केटिङका लागि राखिनेछ । चौथो वर्गमा रहेका ३१ वटा परियोजना अध्ययन नभएको तर यस्तो हुनसक्छ भन्ने खालका छन् । । पाँचौं वर्गका १८ वटा आयोजनाको भने विकासकर्ता पहिचान भइसकेको र तिनलाई लगानी खोज्न प्रदर्शनमा राख्न लागिएको छ ।

    यता छैटौं वर्गका १४ वटा परियोजना भने निजी लगानीका लागि राखिएको छ । निजी लगानी आकर्षित गर्न सम्मेलनमै बोलपत्र आह्वान गरिनेछ । यी आयोजनाहरुमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने भएकाले सम्मेलनमै बोलपत्र आह्वान गरिने उपाध्यायले बताए । 

    सातौं वर्गमा अध्ययन गरिएको तर गहिराइमा गएर नगरिएका आयोजनाहरु छन् । आठौं वर्गका ३० वटा आयोजना भने नेपालकै निजी क्षेत्रका छाता संगठनले प्रदर्शनीमा राख्नेछन् । 
    बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।  डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि रु नौ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार