बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध कांग्रेसले दायर गरेको रिट खारेज

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध कांग्रेसले दायर गरेको रिट खारेज

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध कांग्रेसले दायर गरेको रिट खारेज
    images

    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरिदिएको छ ।  योसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार गर्न र विश्वासको मत लिन बाटो खुलेको छ ।

    images
    images
    images

    कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै रिट दायर गरेका थिए ।तर सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरिदिएको हो । 

    images
    images

    २५ चैत २०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । त्यस आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर कांग्रेस नेता पाण्डेले माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि गणना भएको भन्दै यो संविधान विपरीत हुने दाबीसहित रिट दिएका थिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार