बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ
    images

    काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

    images
    images
    images

    सोमबार मात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको छ । यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार कार्यरत इन्जिनियर हरिश भट्ट पक्राउ गरेका थिए ।

    images
    images

    पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । आइतबार भट्ट र अर्यालविरुद्ध ५ दिनको म्याद थप भएको हो । सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराईनेछ । यो समूहले ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गरेको पाइएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार