मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

इलाम - २ मा रास्वपाको जमानत जफत

इलाम - २ मा रास्वपाको जमानत जफत

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    इलाम - २ मा रास्वपाको जमानत  जफत
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ ।  निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत मत पाउन नसकेपछि रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत जफत भएको हो ।रास्वपाका उम्मेदवार लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् उपनिर्वाचनमा खसेको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । तर मिलनले पाएको मत कूल सदर मतको १० प्रतिशत नपुगेपछी उनको जमानत (धरौटी) जफत भएको हो ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार