मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

उपचुनावमा एकीकृत समाजवादी र राप्रपाको बिजोग

उपचुनावमा एकीकृत समाजवादी र राप्रपाको बिजोग

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    उपचुनावमा एकीकृत समाजवादी र राप्रपाको बिजोग
    images

    काठमाडौं ।  इलाम र बझाङमा भएको उपचुनावमा नेकपा एकीकृत समाजवाी र राप्रपाको विजोग भएको छ । यी दुवै पार्टीको धरौटी जफत भएको छ । बझाङमा एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ५१४ मतसहित चौथो बने पनि जमानत जोगाउन सकेनन् । बझाङमा २५ सय मत ल्याएर पनि जमानत जोगाउन नसकेको एकीकृत समाजवादीको इलाम २ मा झन बिजोग भएको छ । पार्टीका उम्मेदवारले लज्जाजनक हार बेहोरेका छन्। 

    images
    images

    इलाम २ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर लिम्बूले जम्मा चारसय ८ मत मात्रै पाएका छन। उनको जमानत पनि जफत भएको छ। 

    images
    images

    एकीकृत समाजवादी भन्दा पनि अझ कन्त बिजोग राप्रपाको भएको छ । राजतन्त्रका पक्षमा देश जाँदैछ, माहौल बन्दै राजा ल्याउँछौं भनेर आन्दोलनमा समेत रहेको राप्रपाको स्थिति शर्मनाक छ । इलाम २ मा राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङलाई  ४०४ मत परेको छ । यस्तै बझाङमा किशोर कुमार खड्का उम्मेदवार बन्दा उनले २४२ मत मात्रै पाए । 

    प्रतिक्रिया हरु
    थप समाचार