मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

विजय सभामा ओलीको सम्बोधनः कोशी नै साझा पहिचान हो, अनावश्यक विवाद नगरौं

विजय सभामा ओलीको सम्बोधनः कोशी नै साझा पहिचान हो, अनावश्यक विवाद नगरौं

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    विजय सभामा ओलीको सम्बोधनः कोशी नै साझा पहिचान हो, अनावश्यक विवाद नगरौं
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भन्दै प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । 
    इलाम–२ मा आयोजित विजय सभालामा ओलीले  प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउँदै जात र थरलाई पहिचान बनाउन नहुनेमा जोड दिए ।कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न उनले आग्रह गरे । 

    images
    images

    ‘हामी कैयौं जात, कैयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’

    images
    images

    ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । ‘हामी सबै नेपाली हो । पहिले पनि मेची, कोशी, बागमती लगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन । तपाईंहरू भुलभुलैयामा नपर्नुस् ।’ उनले भने,समृद्ध नेपाल सुखी नेपाली भनेपछि त्यही हो पहिचान । नेपाली जनता सुखी हुनुपर्छ । प्रदेशको नाम पहिचानको कुरा होइन । पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन ।साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौं थुंगा फुलका एउटै माला हौं ।’

    ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद ज्ञापन गरे । उनले पार्टीगत रूपमा साथ दिने नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि धन्यवाद दिए ।

    उनले भने, ‘इलामका सचेत जनतालाई धन्यवाद । कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए । हामीलाई तपाईंहरूले साथ दिनुभयो । माओवादी र विप्लवको पार्टीको साथको लागि धन्यवाद । सबै पार्टीका नेता र कार्यकर्तालाई धन्यवाद ।’

    ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै भएको बताए । उनले भने, ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन । मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै छ ।’

    उनले युवा पुस्ताका नेता सुहाङ नेम्बाङले जितेसँगै इलाम सबै हिसाबले अघि बढ्न थालेको बताए । उनले भने, ‘तपाईंहरूले सुहाङलाई जिताएर पठाउनुभयो । अब इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिन्छु । यो जिल्ला अब सबै हिसाबले अगाडि बढ्यो, बढ्यो ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार