शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

विश्वकप अघि वेष्टइण्डिज एसँग आज अन्तिम टी-२० खेल्दै नेपाल

विश्वकप अघि वेष्टइण्डिज एसँग आज अन्तिम टी-२० खेल्दै नेपाल

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    विश्वकप अघि वेष्टइण्डिज एसँग आज अन्तिम टी-२०  खेल्दै नेपाल
    images

    काठमाडौं । अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा नेपालले आज वेष्टइण्डिज ए सँग अन्तिम खेल खेल्दैछ ।

    images
    images
    images

     खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । पाँच खेलको सिरिज  वेष्टइण्डिज एले ३–१ ले जितिसकेको छ ।
     पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै  नेपालले सिरिज गुमाइसकेको छ ।नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । 

    images
    images

    सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए । रोहित बाहेक अन्य ब्याटरको प्रदर्शन छैन । विश्वकप अघि नेपालले सबै ब्याटरबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । सिरिज जितेको वेष्टइण्डिज विना दबाब खेल्नेछ ।

    नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने छ । त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न जानेछ । 
    नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वपक सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार