शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

अनिल साहले पुरा गरे अर्धशतक

अनिल साहले पुरा गरे अर्धशतक

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    अनिल साहले पुरा गरे अर्धशतक
    images

    काठमाडौं । वेष्टईण्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालका अनिल साहले अर्धशतक बनाए पुरा गरेका छन् । 

    images
    images
    images

    १७३ रनको लक्ष्य पछयाउने  क्रममा उनले ४१ बलमा चार चौका र तीन छक्का हान्दै ५० रन पुरा गरे । उनले १६ औं ओभरको पहिलो बलमा छक्का हान्दै अर्धशतक पुरा गरे । आसिफ शेख पछि अनिलले अर्धशतक हानेका हुन । आसिफ ३५ बलमा ५१ रन बनाउँदै आउट भए ।  उनले ५ छक्का र २ चौका हाने । नेपालले ताजा अवस्थामा १६ औ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर १३१ रन बनाएको छ । कुशल मल्ल पनि १० रन बनाएर खेलिरहेका छन। । 

    images
    images

    यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ जोड्यो ।एलिक अथानाज ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे। यस्तै कप्तान रोस्टन चेसले ३३, जोन्सन चाल्र्सले २४, म्याथ्यू फोर्डले २३, कादीम एलियन र मार्क डेयालले समान ११ रनको योगदान गरे ।

    नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । सोमपालले किफायती बलिङ गर्दै चार ओभरमा मात्रै १६ रन खर्चे । सागरले २ ओभरमा १७ रन दिए । एक विकेट लिएका अविनाश बोहराले चार ओभरमा ४९ रन दिएर महंगो सावित भए । कुशल भुर्तेलले विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन मात्रै खर्च गरे । दीपेन्द्रसिंह ऐरी महंगा सावित भए । उनले ३ ओभरमा ३९ रन दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार