२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    images
    कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।


    images

    आयोगले मंगलबार गाउँपालिकाका तत्कालीन उपाध्यक्ष न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा, सब–इन्जिनियर माधवकुमार भट्ट, वडा नम्बर ८ का तत्कालीन अध्यक्ष पटकबहादुर बम, वडा सचिव जानकीकुमारी शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    यस्तै मुलखोला थोपा सिंचाई उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायले पनि भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

    उनका अनुसार उनीहरुले पलाँता गाउँपालिका आठमा थोपा सिँचाई आयोजना निर्माण उपभोक्ता समितिले आर्थिक वर्ष २०७४–०७५ को समिति र गाउँपालिकाबिच सम्झौता भई कार्य गर्दा उक्त योजनाको लागत अनुमान बमोजिम कार्य नभएको पाइएको छ ।

    साथै स्थलगत गई नापजाँच गरी कम काम भएको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताव तयार गरेर प्राविधिक मूल्याङ्कनसहितको नापी किताबमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिएर भुक्तानीको आदेशलाई सदर गरेको पाइएको छ ।

    उपभोक्ता समितिलाई बढी रकम भुक्तानी दिएको भन्दै सबै विरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँ बराबरको विगो दाबी गरेको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार