२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    images
    सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।


    images

    मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो ।

    माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले बैठकमा  नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति पनि भएको छ । सहमतिअनुसार नाउपाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ ।

    नाउपा प्रदेश सभा सदस्य टीका थापालाई मंगलबार नै मन्त्रीमा नियुक्त गरेर सपथ  गराउने समझदारी भएको छ । बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशी सहभागी थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार