२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन

प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन

बिहीबार , जेठ १७ २०८१
  • images
    images
    प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं । सरकारले सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । 


    images

    कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन शाखाका उपसचिव र मन्त्रालयले तोकेको सुरक्षा विज्ञ सदस्य हुन् । गृह मन्त्रालयका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे कार्यदलको सदस्यसचिव हुन् ।

    समितिलाई मौजुदा ऐन, नियमको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरेको थियो । बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने उल्लेख गरेका थिए । रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार